खेलकुद

नेपाल र मलेसियाबीचको खेल शुरु, ८ ओभरमा ४ विकेट पतन

क्वालालम्पुर, २८ कात्तिक– एसीसी १९ वर्षमुनिका एसिया कप क्रिकेट अन्तर्गत नेपाल र मलेसियाबीचको खेल शुरु भएको छ । 

नेपाली समयअनुसार विहान ७ बजेदेखि शुरु हुनेपर्ने खेल बर्षाका कारण ढिला गरेर केही समय अगाडि मात्रै शुरु भएको हो ।  बर्षाका कारण ५० ओभरको खेललाई २४ ओभरमा छोट्याइएको छ । 

मलेसियाको बायुमास ओभलमा शुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

८.५ ओभरको खेल सकिँदा मलेसियाले ४ विकेट गुमाएर ३६ रन जोडेको छ । 

नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले २ विकेट लिएका छन् भने जितेन्द्रसिंह ठकुरी र सन्दिप लामिछानेले समान १–१ विकेट लिएका छन् । 


यसअघि समूहको दोस्रो खेलमा भारतबिरुद्ध १९ रनको ऐतिहासिके जित निकालेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने अवस्थामा छ ।
 

कात्तिक २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस