खेलकुद

मलेसियाविरुद्ध नेपालको सानदार जीत, ८ विकेटले विजयी

क्वालालम्पुर, २८ कात्तिक– एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । 

नेपालले मलेसियाबाट पाएको ४६ रनको लक्ष्य ५.३ ओभरमा २ विकेट खर्चेर पूरा गर्यो । 

नेपालका लागि अनिला साह नटआउट २६ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले १२ तथा आशिफ शेखले ४ रन बनाए ।  

बर्षाका कारण ५ घण्टा ढिलो गरी शुरु भएको खेलामा मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन मात्रै बनाउन सक्यो । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।  

नेपालका लागि सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । नेपाली टीमका कप्तान दिपेन्द्रसिंह ऐरी र शहवाव आलमले समान २–२ विकेट लिए भने अनिल कुमार शाहले १ विकेट लिए । 

बर्षाका कारण ५० ओभरको खेललाई २४ ओभरमा छोट्याइएको थियाे । 
 

कात्तिक २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस