सम–सामयिक

पक्राउ परेका गौचनका हत्यारा सार्वजनिक

काठमाडौं, २८ कात्तिक - प्रहरीले निर्माण व्यवसायि महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न ५ जनालाई पक्राउ पछि सार्वजनिक गरेको छ । असोज २३ गते गौचनको बानेश्वरमा गोली हानेर हत्या गरिएको थियो । प्रहरीले गौचन हत्यामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ र नागार्जुनका प्रकाश बुढाथोकी रहेका छन्।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाले एक महिना लामो अनुसन्धानबाट गौचनका हत्यारालाई पक्राउ गरेको हो ।

कात्तिक २८, २०७४ मा प्रकाशित

प्रशान्त ओझा

लोकान्तरका विशेष संवाददाता प्रशान्त ओझा समसामयिक विषयमा लेख्छन् । ओझा ग्राफिक्स डिजाइनमा समेत दख्खल राख्छन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस