सम–सामयिक

म्याग्दीमा कांग्रेस उम्मेदवार लक्षित गरेर बम विष्फोट

म्याग्दी २८ कात्तिक  - म्याग्दीको बेनी नगरपालिका १ अर्जममा  नेपाली कांग्रेसका उम्मेदवारलाई लक्षित गरेर माइन बम विष्फोट गराइएको छ । बेनी नगरपालिका १ अर्जममा घरदैलो गरिरहेका  कांग्रेस प्रतिनिधि सभाका उम्मेदवार खम्बीर गुर्वजा सहितको टोलीलाई लक्षित गरेर बम  पड्काइएको हो ।

घटनाबाट कुनैपनि मानविय क्षति भएको छैन । नेता कार्यकर्ता चढेको सवारीमा सामान्य क्षति पुगेको छ । 

टोलीमा लोकतान्त्रिक गठबन्धनका  प्रदेश  क्षेत्र नम्बर क का उम्मेद्वार भिमप्रसाद गौचन पनि थिए ।

घटना लगत्तै रन्नेचौर प्रहरी युनिट र भुकण्डेको  सशस्त्र प्रहरीको सुरक्षा जनशक्क्ति बढाएको जिल्ला प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले जानकारी  दिईन ।

कात्तिक २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस