राजनीति

कांग्रेसको चुनावी प्रचार टोली माथि म्याग्दीमा बम प्रहार

बेनी २८ कात्तिक– म्याग्दीको बेनी नगरपालिका १ अर्जममा मंगलबार दिउँसो नेपाली काग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरेर माइन बम विस्फोट गराईएको छ ।


रत्नेचौरमा चुनावी आमसभा सकेर बेनी नगरपालिका १ अर्जममा घरदैलो लागि हिडेका काग्रेसका प्रतिनिधि सभाका उम्मेदवार खम्बीर गुर्वजा सहितको टोलीलाई लक्षित गरेर बम बिस्फोट भएको थियो । 


रत्नेचौरको प्रहरी युनिट घटनास्थलमा विस्फोट भएको ठाउँमा पुग्दा मानविय क्षेती भएको छैन, भने सवारी साधनमा सामान्य क्षेती पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 


सो प्रचार टोलीमा लोकतान्त्रिक गठबन्धनका प्रदेश क्षेत्र नम्बर क का उम्मेद्वार भिमप्रसाद गौचन, जिल्लाका बरिष्ठ नेता र कार्यकता पनि रहेको थिए ।

घटना लगत्तै रन्नेचौर प्रहरी युनिट र भुकण्डेको सशस्त्र प्रहरीको सुरक्षा जनशक्क्ति बढाएको जिल्ला प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले जानकारी दिईन ।
*तस्वीर : गर्बुजा सहित कांग्रेस कार्यकर्ता 

कात्तिक २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस