राजनीति

काँग्रेस आमन्त्रित सदस्यमा विष्ट मनोनित


काठमाडौँ, २८ कात्तिक - प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आनन्द विष्टलाई पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका छन्  । 

सभापति देउवाले नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति विष्टलाई आज आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको  पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

विगत दुई दशकदेखि मुलुकको लोकतन्त्र र काँग्रेसको पक्षमा निरन्तर योगदान गरेका  विष्टलाई उनको  योगदानको कदर गर्दै आमन्त्रित केन्द्रीय समितिमा मनोनयन गरिएको जनाइएको छ । 

कात्तिक २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस