उपभाेक्ता

iPhone X मा समस्यै समस्या, प्रयोगकर्ता भए हैरान

फोन निर्माता कम्पनी एप्पलको नयाँ आईफोन–एक्स बजारमा लोप्रियता हासिल गर्ने क्रममा छ । यो फोनको यति धेरै माग छ कि अग्रिम बुकिङ गर्दा पनि धेरै ग्राहकले फोन खरिद गर्न पाएका छैनन् । तर आईफोन–एक्स किनिसकेका ग्राहकले भने फोनमा धेरै समस्या झेल्नु परिरहेको छ । 

ग्रीन लाइनको समस्या
धेरै प्रयोगकर्ताको गुनासो छ कि फोनमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको एप प्रयोग गर्नेबेला फोनमा ग्रीन लाइन आइरहेको छ । फोनको बायाँ भागमा ठाडो गरेर हरियो लाइन आइरहेको छ । जसका कारण प्रयोगकर्ताले फोन प्रयोग गर्दा झन्झटको सामना गर्नु परिरहेको छ । 

जीपीएसमा समस्या
आईफोन–एक्स प्रयोकर्ताको यो पनि गुनासो छ कि फोनमा जीपीएस सिस्टमले राम्रोसँग काम गरिरहेको छैन । लोकेसन अर्कै ठाउँमा देखाउने तथा म्यापले समेत काम नगर्ने भनेर प्रयोगकर्ताले गुनासो दर्ता गराएका छन् ।  

स्क्रीन बर्न हुने समस्या
तपाईंले पुरानो जमानाको टेलिभिजन प्रयोग गर्नुभएको छ भने तपाईंलाई थाहा हुन सक्छ कि टिभी बन्द गर्दा पनि धेरै बेरसम्म स्क्रीन झिलिक झिलिक गरिरहन्छ । यस्तो समस्या आईफोन–एक्समा देखिएको प्रयोगकर्ताको गुनासो छ । फोन लक गरेपनि स्त्रीन झिलिक झिलिक गरिरहने तथा स्वीच अफ गर्दा समेत स्क्रीनमा झिलिक झिलिक भइरहने समस्याले प्रयोगकर्ता हैरान भएका छन् । 

चिसो ठाउँमा काम नगर्नु
तपाईं आइफोन–एक्स खरिद गर्ने योजनामा हुनुहुन्छ भने यो जान्नु जरुरी छ कि यो फोन चिसो ठाउँमा काम गर्दैन् । यसको पुष्टि स्वयं एप्पल कम्पनीले नै गरिसकेको छ । तर कतिपय प्रयोगकर्ताको भनाइ छ कि यो फोन ८ डिग्रीसेल्सियस भन्दा कम तापक्रम भएको ठाउँमा बिल्कुल काम गर्दैन् । फोनको यस्तो समस्याले धेरै प्रयोगकर्ता हैरान भएका छन् । 
 

कात्तिक २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस