चिनियाँ कम्पनीसँगको बुढीगण्डकी सम्झौता रद्द गरेर भारतीय कम्पनीलाई दिने तयारी

कात्तिक २९, २०७४

यसअघि चीनियाँ कम्पन्नी गजुवालाई दिइएको  बुढीगण्डकी आयोजना निर्माणको ठेक्का सरकारले खारेज गरेको समाचारले भारतीय सञ्चार माध्यमहरुमा प्राथमिकता पाएको छ । सरकारले चीनियाँ कम्पनीसँगको ठेक्का खारेज गरेसँगै चीनले झट्का बेहोरेको समाचारहरुमा जनाइएको छ । 


अब यसको ठेक्का भारतीय कम्पनीलाई दिइने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमरुले जनाएका छन् । 


कमल थापाले गेजुवालाई दिएको कन्ट्रयाक्क रद्द गरेको जानकारी दिएको ट्वीट राख्दै भारतीय सञ्चारमाध्यमहरुले नेपालाई आफ्नो पक्षमा पार्ने चिनियाँ प्रयासमा ठूलो झट्का भएको बताएका छन् । 


यस विषयमा चिनियाँ अधिकारीहरुले कुनै टिप्पणी गरेका छैनन् । चीनका विदेश मन्त्रालयका प्रवक्तले यस बारेमा जानकारी माग्दा आफूलाई यसबारेमा थाहा नभएको प्रतिक्रिया पाएको आजतकमा उल्लेख छ । 

अब यो आयोजना भारतीय कम्पनी एनएच्पीसीले पाउने दाबी भारतीय सञ्चार माध्यमहरुमा गरिएको छ । 

जब नेपाल सरकारले चिनियाँ कम्पनीका साथ यस योजनालाई लिएर सम्झौता भएको थियो त्यसपछि चिनियाँ राष्ट्रपति शी चीनफिङको वान बेल्ट वान रोडको समर्थन गरेको थियो ।  भारतीय सञ्चारमाध्यमहरुले नेपाल भारत र चीनसँग सीमा जोडिएको देश भएका कारण नेपालमा भारत र चीनको नेपालमाथिको भूमिकाले ठूलो महत्व राख्ने जनाइएको छ । 
 

कात्तिक २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस