सम–सामयिक

तैमुरले पाए ११ महिनामा २ करोडको उपहार

करिना र सेफ अली खानका छोरा तैमूरले बाल दिवसको अवसरमा एक खास गिफ्ट पाउने भएका छन् ।

यस उपहारका कारण तैमूर चर्चामा आएका छन् । यसको खास कारण उपहारको मूल्य हो । वास्तवमा तैमूरका बुवा सेफ अली खानले एक कार किनेका छन् जो बालदिवसको अवसरमा तैमूरलाई गिफ्ट दिने तयारी गरिएको छ जसको मूल्य १.३० करोड रुपैयाँ (२ करोड नेपाली रुपैयाँ ) रहेको छ । 


मंगलबार सेफ अली खानले एसआरटीको कार जीप किनेका थिए । तैमुरको सुरक्षाका लागि यो कार राम्रो रहेको उनको भनाइ थियो । 
 

कात्तिक २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार