राजनीति

आपराधिक घटनाप्रति एमालेको आपत्ति

काठमाडौं, २९ कात्तिक – नेकपा एमालेले पछिल्लो समय भइरहेका आपराधिक घटनाप्रति ध्यानआकर्षण भएको जनाएको छ । केन्द्रीय निर्वाचन परिचालन कमिटिका प्रवक्ता विष्णु रिमालले एक प्रेस वक्तब्य जारी गर्दै देशभर बाम लोकतान्धिक गठबन्धनका उम्मेदवारहरु प्रति भइरहेका सांघातिक आक्रामण र धम्कीप्रति एमालेको ध्यानआकर्षण भएको जनाएका हुन् ।

एमालेले पछिल्लो समय सरकारबाट संरक्षित र उक्साहटमा विभिन्न घटनाहरू घटिरहेको अनुभुति भइरहेको समेत बताएको छ । चुनावी अभियान जारी रहँदा एमालेका भोजपुर १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार शेरधन राईमाथि कात्तिक २८ गते बिहान साङ्घातिक आक्रमण प्रति एमालेले आपत्ति जनाएको छ ।

चुनावी अभियानमा अवरोध पु¥याउन भएको उक्त आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले कतै सरकार आफै घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको आरोप समेत एमालेले लगाएको छ ।

हिजै संखुवासभामा पनि कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्तामाथि आक्रमण भएको छ भने सुनसरी ३ का उम्मेदवार एमाले केन्द्रीय सदस्य भगवती चौधरीलाई कांग्रेस उम्मेदवारको नाम लिएर अभियान नरोके परिवारका सबै सदस्यमाथि आक्रमण गर्ने धम्की दिएको समेत एमालेले विज्ञप्तिमा लेखेको छ ।

यस्ता अराजनीतिक काम तत्काल बन्द गर्न एमालेले आग्रह गरेको छ ।

कात्तिक २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस