संगीत

खुमन अधिकारी र देवी घर्तीको पञ्चेबाजा गीतः उमेर भा'छैन [भिडियो]

काठमाडौं, २९ कार्तिक – विष्णु सापकोटा र प्रेम कँडेलले नयाँ गीत बजारमा ल्याएका छन् । गीतमा खुमन अधिकारी र देवी घर्ती मगरको स्वर रहेको छ ।

'उमेर भा'छैन' बोलको गीतमा विष्णु सापकोटाका शब्द छन् भने खुमन अधिकारी को लय छ । त्यस्तै गीतलाई कृष्ण भाञ्जाले संयोजन गरेका हुन् ।


गीतको भिडियोमा विष्णु सापकोटा र करिष्मा ढकालले अभिनय गरेका छन् । भिडियोमा सम्पादन विष्णु शर्माको रहेको छ भने प्रकाश भट्टले भिडियो निर्देशन गरेका हुन् ।

कात्तिक २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस