विश्व/प्रवास

आणविक बममा पैसा खर्च गर्ने उत्तर कोरियाका सैनिक भने कुपोषणग्रस्त !

काठमाडौं, ३ मंसिर — उत्तर कोरियाले आणविक बमको भरमा अमेरिकाजस्तो महाशक्तिलाई युद्धको धम्की दिइरहन्छ । तर त्यहाँका सैनिकको वास्तविक स्थिति जान्दा भने छक्क परिन्छ । 

दक्षिण कोरियाका चिकित्सकहरूले उत्तर कोरियाका एक घाइते सैनिकको आन्द्राबाट ११ इन्च लामो गोलाकार कीरासमेत दर्जनौं परजीवीहरू निकालेका छन् । यसरी आन्द्रामा कीरा हुनु कुपोषणको लक्षण हो । 

तीे सैनिक अघिल्लो सोमवार उत्तरबाट भागेर दक्षिण कोरिया आउने क्रममा भएको गोलीकाण्डमा गम्भीर रूपमा घाइते भएको थियो । सैनिकको नाम र दर्जा खुलासा गरिएको छैन । 

उत्तर र दक्षिणलाई छुट्ट्याउने डिमिलिटराइज्ड जोनबाट जीप चढेर उनी दक्षिण आएका थिए । 

अस्पतालका अधिकारीहरूले बताएअनुसार, उनी निको हुन्छन् हुँदैनन् भन्ने बारेमा केही भन्नु हतारो हुनेछ । उनका घाउहरूको उपचारका क्रममा चिकित्सकहरूले ठूलो परजीवी भेटे र यसले कुपोषण र खराब स्वास्थ्यलाई दर्शाउँछ । 

चिकित्सकहरूका अनुसार, सैनिकको कद ५.६ फीट छ र तौल ६० किलो । सेनिकको उपचार गर्ने चिकित्सकको दलको नेतृत्व गर्ने ली कूक जोङले भने, ‘एक सर्जनका रूपमा मैले २० वर्षको अनुभव बटुलेको छु । मैले कुनै पनि

दक्षिण कोरियालीको आन्द्रामा यति ठूलो परजीवी कहिले पनि भेटेको थिइनँ ।’

एजेन्सी
 

मंसिर ३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस