विश्व/प्रवास

सन् २०१८ मा विनाशकारी भूकम्पहरूको सम्भावना रहेको वैज्ञानिकहरूको चेतावनी

काठमाडौं, ३ मंसिर — आगामी वर्ष अर्थात् सन् २०१८ मा विनाशकारी भूकम्पहरूको संख्यामा ठूलो वृद्धि हुनसक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । पृथ्वीको परिक्रमा गतिमा आएका परिवर्तनहरूका कारण तीव्र भूकम्पीय गतिविधि हुनसक्ने र यसले विशेषगरी घना जनसंख्या भएको उष्णकटिबन्धीय (ट्रपिकल) क्षेत्रमा असर पार्ने उनीहरू बताउँछन् । 

परिक्रमामा यस्ता परिवर्तनहरू साना भएपनि यिनले विशाल भूमिगत ऊर्जालाई बाहिर निकाल्ने वैज्ञानिकहरूको तर्क छ । 

पृथ्वीको परिक्रमा र भूकम्पीय गतिविधिबीचको सम्बन्धलाई अघिल्लो महिना एउटा पेपरमा उजागर गरिएको थियो । कोलोराडो विश्वविद्यालयका रोजर बिल्हाम र मोन्टाना विश्वविद्यालयकी रेबेका बेन्डिकले संयुक्त रूपमा जियोलोजिकल

सोसाइटी अफ अमेरिकाको वार्षिक बैठकमा प्रस्तुत गरेको पेपरमा यसको उल्लेख छ ।

आफ्नो अध्ययनमा बिल्हाम र बेन्डिकले सन् १९०० देखि अहिलेसम्म ७ म्याग्निट्युड वा त्यसमाथिका भूकम्पहरूलाई अवलोकन गरेका थिए । 

सन् २०१८ देखि वर्षको २० वटा विनाशकारी भूकम्पको सम्भावना रहेको उनीहरूको निष्कर्ष छ ।

एजेन्सी
 

मंसिर ३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस