विश्व/प्रवास

भारत आइपुग्यो आईएस : कश्मीरमा आक्रमणको दाबी

काठमाडौं, ३ मंसिर — आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले जम्मु कश्मीरमा पहिलो आक्रमण गरेको दाबी गरेको छ । 

आईएसको प्रोपागान्डा विभाग अमाक न्युज एजेन्सीले आइतवार एक प्रहरीको हत्या गरेको र श्रीनगरमा अर्को प्रहरीलाई घाइते बनाएको दाबी गरेको छ । 

जासूसी संस्था इन्टेलिजेन्स ब्युरोका अधिकारीहरूले यो महत्त्वपूर्ण घटनाक्रम भएको बताएका छन् ।

आईएसले लामो समयदेखि कश्मीरमा कारवाही चलाउने बताउँदै आएको थियो । आईएस शुरु गर्दा अनि अबु बक्र अल–बग्दादीलाई खलिफा घोषणा गरेपछि उनले विश्वव्यापी मुसलमानी परिषद्का बारेमा कुरा गरेका थिए । त्यसमा
कश्मीर र गुजरात पनि पर्थे ।

अधिकारीहरूले आईएसका दाबीहरूमाथि अनुसन्धान गरिरहेका छन् । 

हालैका समयमा आईएसको प्रोपागान्डाहरू कश्मीरमा फैलिरहेका छन् । पश्चिम बंगालमा रहेको आईएस केन्द्रले कश्मीरको दल झीलमा चक्कु आक्रमणको षड्यन्त्र बुनेको पत्ता लागेको छ । 

एजेन्सी
 

मंसिर ३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस