विश्व/प्रवास

उत्तर कोरियामा यस्तो छ धनीहरूको जीवनशैली

काठमाडौं, ४ मंसिर — उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाउँदा गरीबहरूमा नकारात्मक असर परेको भएपनि धनीहरूको जीवनशैली बदलिएको छैन । उनीहरू अम्युजमेन्ट पार्कदेखि लिएर रेस्टुरेन्टसम्मको मज्जा लिइरहेका छन् । 

त्यहाँका धनीहरू उच्च प्रविधिका डिभाइसदेखि लिएर महंगा ग्याजेटसम्म प्रयोग गरिरहेका भेटिन्छन् । 

उत्तर कोरियासम्बन्धी विज्ञ डा लियोनिड पेट्रोभका अनुसार, त्यहाँको अर्थतन्त्र किम जोङ–उनको शासनमा दिनदिनै राम्रो हुँदै गइरहेको छ । 

पेट्रोभका अनुसार, प्योङयाङ विकसित भइरहेको छ । एसियाको सिटी अफ लाइट्स नै भएको छ यो । 

प्योङयाङमा कम्युटराइजेसनका साथसाथै मोबाइल फोन, कारका साथै मनोरञ्जन र राम्रो खानेकुराका लागि भरपूर विकल्प छन् । 

त्यहाँको शिक्षा स्टालिनकालीन सोभियत संघको जस्तो छ तर देशको अर्थतन्त्रजस्तै त्यो पनि बिस्तारै परिवर्तन भइरहेको छ ।

पेट्रोभका अनुसार, उत्तरको १० प्रतिशत जनसंख्या एलिट क्लासको जिन्दगी बाँच्छ । उनीहरूसँग टन्नै पैसा छ ।

एजेन्सी
 

मंसिर ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस