संगीत

राजकुमार महर्जनको ‘तिम्रै रुपैको’

काठमाडौं, ४ मंसिर- राजकुमार महर्जनको ‘तिम्रो रुपैको’ नामक म्युजिक भिडियो बजारमा आउँदैछ । गायक सुनिल गिरीको अवाले भरिएको सो गीतमा प्रेमपूर्ण शब्द समेटिएका छन् ।

बुद्ध योञ्जनको शब्दमा रहेको म्युजिक भिडियोको संगीत संयोजन रिकेस गुरुङले गरेका छन् । क्यामेरा व्यवस्थापनमा अनिल मानन्धर छन् भने माधव बेल्वासेले म्युजिक भिडियो सम्पादन गरेका छन् ।

भुवन स्यावार तामाङो निर्देशनमा म्युजिक भिडियो तयार भएको हो । 


आफ्नो मायालुको प्रसंसाले भरिएका शब्दले सिंगारिएको सोम्युजिक भिडियोले युवा तथा सारा प्रेमील मनहरु जित्ने निर्मातामहर्जनको विश्वास छ ।  
 

मंसिर ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस