विश्व/प्रवास

अमेरिकाका कुख्यात हत्यारा चार्ल्स म्यान्सनको मृत्यु

काठमाडौं, ४ मंसिर — आफ्ना अनुयायीहरूलाई वीभत्स हत्या गर्न प्रेरित गर्ने चार्ल्स म्यान्सनको ८३ वर्षको उमेरमा मृत्यु भएको छ । 

अमेरिकामा सन् १९६० को दशकमा चलेको वैकल्पिक संस्कृतिको अँध्यारो पक्षका प्रतीक म्यान्सनको मृत्यु आइतवार प्राकृतिक कारणले भएको थियो । उनलाई क्यालिफोर्नियास्थित बेकर्सफील्ड अस्पतालमा राखिएको थियो । 

सन् १९६९ मा उनका अनुयायीहरूले सातजनाको हत्या गरेका थिए । 

हलिउडका फिल्म निर्देशक रोमन पोलान्स्कीकी गर्भवती पत्नी श्यारोन टेट पनि हत्या गरिनेमध्ये एक थिइन् । 

म्यान्सनकी एक अनुयायी सुसन एट्किन्सले टेटलाई चक्कुले हानेर मारेपछि उनको रगतले मूल ढोकामा ‘सुँगुर’ लेखेकी थिइन् । 

घटनास्थलमा म्यान्सन उपस्थित नभएपनि अनुयायीहरूलाई हत्या गर्न प्रेरित गरेको आरोपमा उनलाई अभियोग लगाइएको थियो । उनलाई सन् १९७१ मा मृत्युदण्डको सजाय दिइएको थियो । 

तर पछि उनको सजाय घटाएर जन्मकैद बनाइएको थियो । उनलाई विगत ४० वर्षभन्दा बढी क्यालिफोर्निया डिपार्टमेन्ट अफ करेक्सन्समा राखिएको थियो ।  

बीबीसीबाट
 

मंसिर ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस