सम–सामयिक

प्रचण्डको कार्यक्रममा गाउँदा गाउँदै ढले जनगायक खुसीराम पाख्रिन

चितवन, ५ मंसिर– नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठवन्धनले मंगलवार चितवनमा आयोजना गरेको सभामा गीत गाउँदा गाउँदै जनगायक तथा पूर्वसांसद खुसीराम पाख्रिन बेहोस भएर ढलेका छन् । 

हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा जनगायक पाख्रिन गीत गाउँदा गाउँदै ढलेका हुन् । उनलाई हृदयघात भएको जनाइएको छ । 

गीत गाउँदा गाउँदै अचानक ढलेका पाख्रिनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । 

कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी नेता रामबहादुर थापा वादल, प्रचण्ड पत्नी सीता दाहाल लगायत एमाले र माओवादीका नेताहरु सहभागी थिए । 

मंसिर ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस