मुख्य समाचार

जब केपी ओलीले माओवादी र प्रचण्डले एमालेलाई भोट हाले

चितवन, ५ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको चुनाव चिह्नमा मतहालेका छन् । 


वाम गठवन्धनले चितवनमा गरेको संयुक्त सभामा पुगेका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सांकेतिक मतदान गरेका हुन् । 


एमालेका मतदाताले माओवादी केन्द्रको गोलाकार भित्रको हसिया हथौडा  र माओवादी केन्द्रका मतदातले एमालेको चुनाव चिह्न सूर्यमा मतदान गर्न आह्वान गर्दै दुई अध्यक्षले मतदान गरेका हुन् । त्यतिखेर सभामा सहभागी भएका दुई पार्टीका समर्थकले हुटिङ गरेका थिए । 
 

मंसिर ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस