सम–सामयिक

प्रकाशको सम्झनामा गाउँदा गाउँदै जनगायक खुसीराम पाख्रिनको निधन

चितवन, ५ मंसिर– नेकपा माओवादी केन्द्रका पूर्व सांसद तथा जनगायक खुसीराम पाख्रिनको निधन भएको छ । आइतवार निधन भएका माओवादीका पोलिव्यूरो सदस्य तथा माओवादी अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदा गाउँदै पाख्रिनको चितवनमा मृत्यु भएको हो । 

चितवनमा आयोजित श्रद्धाञ्जली सभामा प्रकाशको सम्झनामा गीत गाउँदा गाउँदै पाख्रिन बेहोस भएर ढलेका थिए । तत्काल उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । तर अस्पताल पुर्याउनेवित्तिक पाख्रिनको निधन भइसकेको चिकित्सकले जनाएका छन् । 

चिकित्सकका अनुसार पाख्रिनको मष्तिस्कघात भएको हो । 

श्रद्धाञ्जली सभामा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी नेता रामबहादुर थापा वादल, प्रचण्ड पत्नी सीता दाहाल लगायत एमाले र माओवादीका नेताहरु सहभागी थिए । 

मंसिर ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस