उपभाेक्ता

फेसबूकलाई उछिन्यो चिनियाँ कम्पनी टेनसेन्टले, बन्यो विश्वको पाँचौं ठूलो कम्पनी

काठमाडौं, ५ मंसिर — चीनको इन्टरनेट कम्पनी टेनसेन्ट विश्वकै पाँचौं ठूलो कम्पनी बनेको छ । पचास अर्ब डलरको क्लबमा पर्ने एसियाको यो पहिलो कम्पनी हो । 

हङकङमा रहेको यो विशाल इन्टरनेट कम्पनीको वीच्याट मेसेजिङ एप र अनलाइन गेम प्रसिद्ध छन् । यो वर्ष यस कम्पनीको स्टक प्राइस १२० प्रतिशतले वृद्धि भएको थियो । 

मंगलवार टेनसेन्टले फेसबूकलाई उछिनेको हो । फेसबूकको मार्केट क्याप ५२२ अर्ब डलर रहेकोमा टेनसेन्टको ५२३ अर्ब पुगेको छ । विश्वका चार ठूला कर्पोरेसनहरू एप्पल, अल्फाबेट, माइक्रोसफ्ट र अमेजनपछि अब टेनसेन्टको
नाम आउँछ । 

चिनियाँ प्रतिस्पर्धीहरू अलीबाबा र बाइदुभन्दा टेनसेन्ट निकै अघि छ । 

टेनसेन्टको प्रमुख उत्पादन वीच्याटले उसलाई लागि यस वर्षको तेस्रो त्रैमासिकमा सबभन्दा धेरै कमाइ गरायो । चीनको सबभन्दा लोकप्रिय मेसेजिङ सेवामा लगभग एक अर्ब प्रयोगकर्ता छन् । यसलाई विदेशमा पनि फैलाइने टेनसेन्टका वरिष्ठ उपाध्यक्ष एसवाई लाउ बताउँछन् । 

उन्नाईस वर्षे यो कम्पनीका अन्य उत्पादनमा टेनसेन्ट म्युजिक र टेनसेन्ट भिडियो पनि छन् । 

एजेन्सी

मंसिर ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस