सम–सामयिक

एडिबीको नयाँ देशीय निर्देशकमा उज्वेक नागरिक

काठमाडौँ, ७ मंसिर – एशियाली विकास बैंक (एडिबी) को नेपाल निर्देशकमा उज्वेकिस्तानका ऊर्जा विशेषज्ञ मुख्तोर खामुदाखनोभ नियुक्त हुनुभएको छ । 

करिब सात महिनादेखि रिक्त उक्त पदमा उहाँलाई एडिबीका अध्यक्षले हालै नियुक्त गर्नुभएको र उहाँ कार्यभार सम्हाल्न काठमाडौँ आइसक्नुभएको यहाँस्थित एडिबीको कार्यालयले जनाएको छ । 

इलेक्ट्रिकल इन्जिनियरिङमा विद्यावारिधि आर्थिक नीति तथा व्यवस्थापनका साथै वित्तीय व्यवस्थापनमा समेत स्नातकोत्तर गर्नुभएका नवनियुक्त देशीय निर्देशक खामुदाखनोभ सन् २००१ देखि एडिबीमा आबद्ध हुनुहुन्छ । 

मंसिर ७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस