जीवनशैली : स्वास्थ्य

मोटा महिलामा पछि मात्र थाहा हुन्छ स्तन क्यान्सर

काठमाडौं, ७ मंसिर – धेरै मोटा महिलालाई स्तन क्यान्सरको गाँठो समयमै पत्ता लाग्दैन । जब गाँठो धेरै ठूलो हुन्छ, तब मात्र यसबारेमा पत्ता लाग्छ । स्वीडेनका शोधकर्ताले गरेको एक अनुसन्धानमा स्तन क्यान्सरबारे यस्तो बताएका हुन् ।

शोधकर्ताले मोटा महिलाको स्तन क्यान्स पत्ता लगाउन कम समयको अन्तरालमा जाँच (मेमोग्राम) गराइ राख्न पनि भनेका छन्, ताकि सही समयमा गाँठोका पत्ता लगाएर उपचार गर्न सकियोस् ।
विशेषज्ञले भने यसलाई पुष्टि गर्न अरु सबुत चाहिने बताएको छ । 

धेरै वजनका कारण महिलालाई स्तन क्यान्सरको खतरा रहने गर्छ । धेरै वजन हुनेले कम समयमा आफ्नो शरीरको चेकअप गराउँदा राम्रो हुने शोधकर्ताले बताएका छन् ।

स्तन क्यान्सरको नाम सून्दा नै क्यान्सर पीडित र उनका परिवारमा भय देखिन्छ । तर विशेषज्ञले डराउनु नपर्ने बताएका छन् । नेपालमा हरेक वर्ष स्तन क्यान्सरका कारण महिलाले समस्या भोग्नुपरेको छ । र स्तन क्यान्सरको समस्या पनि फरक–फरक हुने गर्छ ।
विशेषज्ञले भनेका छन्, ‘स्तनमा गाँठो आउने, सुन्निने भयो भने अस्पतालमा सम्पर्क गरिहाल्नु पर्छ तर यसको निदान सम्भव भएकाले डराइहाल्ने अवस्था भने छैन ।’
 

मंसिर ७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस