खेलकुद

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

काठमाडौँ, ७ मंसिर - विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ । 

नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५औँ स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ । 

यस्तै माल्दिभ्स एक स्थान तल झरेर १५७ औँ स्थानमा पुगेको छ । भुटान पाँच स्थान सुधार गर्दै १८५औँ स्थानमा उक्लेको छ भने चार स्थान सुधार गरेको बंगलादेश १९२औँ स्थानमा छ । त्यसैगरी दुई स्थान गुमाएको श्रीलंका २००आँै स्थानमा छ । 

विश्व बरियतामा जर्मनी पहिलो ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो र अर्जेन्टिना चौथो स्थानमा छन् । 

मंसिर ७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस