बैंक / सेयर

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा “मह जोडी”

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्राण्ड एम्बेस्डर सम्झौतापत्र हस्ताक्षर समारोहमा चर्चित व्यक्तित्व एवम् समाजसेवी “मह जोडी” मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य सँग कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेको व्यहोरा कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

समाजसेवामा उत्तिकै सक्रिय मह जोडीले प्रत्येक परिवारको लागि जीवनबीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने र जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्नेछन् जसले गर्दा परिवारलाई आथर््िाक संकटमा सहयोग गर्नुकोे साथै वृद्धा अवस्थामा सुखद जीवनयापन व्यतित गर्न सघाउनेछ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७४ साल कार्तिक २ गते लक्ष्मीपूजाको दिन देखि व्यवसायिक कारोबार शुभारम्भ गरेको छ र देशभरी फैलिएका आफ्नो २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरु रहेका छन ।
 

मंसिर ८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस