अर्थ विविध

सगुनको शेयरमा लगानी गर्न आह्वान (भिडियोसहित)

काठमाडौं, ८ मंसिर— सोसियल नेटवर्किङ साइट सगुनले नोभेम्वर महिनामा  खुल्ला गरेको कम्पनीको शेयरमा लगानी गर्न आह्वान गरेको छ । 

सगुनका संस्थापक गोविन्द गिरीले शुक्रबार साँझ फेसबुक लाइभमार्फत लगानी गर्न आह्वान गर्दै अहिले उत्साहपूर्ण रुपमा लगानीकर्ताको सहभागिता रहेको पनि जानकारी दिए ।  

उनले  भारत, अस्ट्रेलिया, अमेरिकालगायतका देशबाट ३ हजार बढीले लगानीका लागि आवेदन दिएको पनि जानकारी दिए । उनले लगानीका लागि अझैं ७ दिनको समय रहेको पनि सो क्रममा जानकारी दिए । 

आफ्नो  उद्देश्य सगुनमार्फत नेपाललाई विश्वसामु चिनाउने रहेको सुनाउँदै गिरीले सन् २०१४ मा १३०० डलर बाट सुरु गरेको प्रोजेक्ट  अहिले ४ मिलियन डलर पूँजीको भइसकेकोे जानकारी दिए । 

उनले आफूहरुप्रति विस्वास देखाएर लगानी गर्नेहरुलाई धन्यवाद दिँदै अगाडि भने, ‘लगानी गर्दा स्टार्टअप कम्पनीमा रिक्स फ्याक्टरहरु पनि हुन्छन् ।  तर, यो कम्पनीबाट नेपालको पहिचान गराउने अभियानमा लागेका छौं । सबै

नेपालीलाई सगुन एउटा माला बन्ने छ बन्ने विश्वास पनि लिएको छौं ।  यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’


उनले आगामी डिसेम्बर दोस्रो सातासम्म   मोबाइल एप पनि लन्च तयारी रहेको भन्दै उनले सोका लागि काम  भइरहेको जानकारी दिए ।

भिडियो हेर्नुस् 
 

मंसिर ८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस