विश्व/प्रवास

उत्तर कोरियाबाट यसरी जापान पुगे ८ जना

काठमाडौँ, ८ मङ्सिर- आफूलाई उत्तर कोरियाली माझी भनेर चिनाउने आठ जना पुरुष चढेको एउटा डुङ्गा बगेर जापानको तटीय क्षेत्रमा पुगेको छ।
जापानी प्रहरीले ती पुरुषहरुलाई अकिता क्षेत्रमा अवस्थित युरिहोन्जो शहरमा रहेको माछा मार्न प्रयोग हुने एउटा सानो बन्दरगाह क्षेत्रमा बिहीवार अबेर फेला पारेको बताएका थिए।
बीबीसीका अनुसार कोरियाली भाषा बोल्ने ती पुरुषहरुले जापानी प्रहरीलाई आफूहरुको डुङ्गामा प्राविधिक समस्या आएको र त्यो जापानी तटीय क्षेत्रतर्फ बगेको बताएका छन्।
जापान सरकारले उनीहरु माझी भएको विश्वास गर्दै उनीहरु जासुस वा शरणार्थी नभएको प्रतिक्रिया दिएको छ।

उनीहरुलाई स्वदेश फर्काउने वा नफर्काउने भन्ने निर्णय जापानले गरिसकेको छैन ।

मंसिर ८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस