मुख्य समाचार

रुकुममा जीप दुर्घटना, १ को मृत्यु ८ घाइते

रुकुम, ८ मङ्सिर —पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटवाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्वरको बलेरो जीप मुसीकोट नगरपालिकाको वडा नं. ६ स्थित कालिमाटी भन्ने स्थानमा आज साँझ दुर्घटना भएको छ । 
दुर्घटनामा १ को मृत्यु भएको र  अरु ८ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । 
दुघर्टनामा परेको जीप मध्यपहाडी लोकमार्गवाट झण्डै एक सय मिटर तल पुगेको वताइएको छ । 
दुर्घटनामा घाइतेहरुलाई जिल्ला अस्पतालमा उपचार भइरहेको पनि जनाइएको छ । 

मंसिर ८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस