जीवनशैली : स्वास्थ्य

एनर्जी ड्रिंक लिने गर्नुभएको छ ? हानि गर्छ !

काठमाडौं, १० मंसिर — आजकलको व्यस्त जीवनशैलीमा मानिसहरू थकान मेटाउनका लागि एनर्जी ड्रिंक्स लिने गर्छन् । तर दिनदिनै एनर्जी ड्रिंक लिँदा स्वास्थ्यलाई हानि पुग्छ । एनर्जी ड्रिंकमा भएको चिनी, क्याफिन, खनिज र गैरपोषक पदार्थले शरीरमा रक्तचाप, मोटोपन, मुटुरोग र मिर्गौलाको समस्या ल्याउँछ । यसले शरीरलाई हुने नोक्सानी यस्ता छन् । 

मुटुरोग
दिनदिनै २५० मिलिलिटरभन्दा बढी एनर्जी ड्रिंक सेवन गर्दा रक्तप्रवाहमा समस्या आउने, मुटुरोग हुने र हृदयघात हुने सम्भावना हुन्छ । 

गर्भवती हुँदा
अठार वर्षभन्दा मुनिका मानिस अनि गर्भवती महिलाका लागि एनर्जी ड्रिंक हानिकारक हुन्छ ।

मधुमेह
एनर्जी ड्रिंकमा भएको क्याफिनका कारण मधुमेहको खतरा बढ्छ । 

माइग्रेन
अत्यधिक एनर्जी ड्रिंक लिँदा टाउको दुख्ने, मुटुको धडकन बढ्ने , पसिना आउने, हातगोडा काँप्ने र आत्तिने समस्या आउँछ । यसले माइग्रेनको समस्या पनि गराउन सक्छ । 

मानसिक समस्या
यसमा भएको हानिकारक तत्त्वले अनिद्रा, डिप्रेसन, तनाव र नर्भसनेस उत्पन्न गराएर दिमागमा खराब असर पार्छ । 

एजेन्सी

मंसिर १०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस