जीवनशैली : स्वास्थ्य

औषधीय गुण भएको यस्तो फलफूल जसले दिन्छ फाइदै फाइदा

फलफूलमा मानिसका लागि आवश्यक भिटामिन र अन्य पोसक तत्व पाइन्छ । पोषक तत्वका साथै फलफूलहरुमा औषधिका गुणहरु समेत रहेका हुन्छन् । जसको नियमित सेवन गर्नाले विभिन्न खालका रोगसँग लड्ने क्षमतामा वृद्धि हुन जान्छ । 

जसमध्ये स्याउ सवैभन्दा बढी भिटामिन र खनिज पदार्थ भएको फलफूल हो । स्याउमा पौष्टिक तत्वकोका साथै औषधिय गुणपनि भरपुर मात्रामा  रहेको हुन्छ । 

कस्ता छन् गुण

स्याउमा पाइने मलिक एसिड र अन्य एसिडले शरीरका जोर्नीहरु दुख्ने समस्यक कम हुन्छ । 

स्याउको सेवनले पाचन प्रकियामा समेत सहायता पुग्छ । 

स्याउको नियमित सेवन गर्नाले ब्रोङ्काइटिस र लहरे खोकी हुनबाट जोगाउँछ।

पाकेको स्याउ वा यसको रस नियमित खाएमा पुरानो कब्जियत निको हुन सक्छ।

स्याउको नियमित सेवनले रक्तचाप सन्तुलित राख्न मद्दत गर्छ । 

.स्याउमा भएको मलिक एसिडले रगतबाट बिकार पदार्थ निकाली रगत सफा पार्न सहयोग गर्छ ।

आखाँ सुन्निएको अथवा इन्फेक्सन भएको बेला स्याउको रसले आखाँ सफा गरेमा आराम मिल्छ । 

काँचो अथवा बेक गरेको स्याउ नियमित सेवन गर्नाले छातिको दुखाइ कम हुन्छ

स्याउनको नियमित सेवनले मिर्गौला जोगाउन सहयोग गर्छ । 
 

मंसिर ११, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस