उपभाेक्ता

यसरी चिन्नुस् फेक वेबसाइट

काठमाडौं, ११ मंसिर — इन्टरनेटले मानिसलाई हरेक काममा मद्दत पु–याउँछ तर केही मानिसले यसैको प्रयोग गरेर अरूलाई हानि पनि गरिरहेका हुन्छन् । फर्जी बेबसाइट खोलेर ठगी धन्धा चलाउने धेरै भेटिन्छन् । यहाँ हामी फेक वेबसाइट चिन्ने तरिका सिकाउँछौं । 

युआरएल
तपाईं सही वेबसाइटमा हुनुहुन्छ कि हुनुुहुन्न जान्नका लागि युआरएलमा ध्यान दिनुस् । युआरएल एउटा वेबसाइटको हुनसक्छ त्यसैले फेक वेबसाइटको युआरएलमा केही न केही कुरा छुटेको वा थपेको हुन्छ । 

एचटीटीपीएस
किनमेल र बैंकिङ लागि एचटीटीपीएस प्रोटोकल प्रयोग गर्नु जरूरी हुन्छ । सामान्य वेबसाइटको अड्रेसअघि एचटीटीपी प्रयोग हुन्छ । त्यसैले अन्लाइन पेमेन्ट गर्नुअघि यसमा ध्यान दिनुस् । 

विश्वासिलो ब्राउजर
इन्टरनेट सर्फिङका लागि अपडेटेड ब्राउजर क्रोम, फायरफक्स, एज वा सफारी प्रयोग गर्नुस् । यिनमा सेफ्टी फीचर हुन्छन् र यिनले फेक वेबसाइटलाई सजिलै पक्रिन्छन् । यिनमा एन्टीभाइरस पनि राम्रो हुन्छ । 

फ्रड कम्पनी
वेबसाइटबाट केही किन्दा तिनको वैधानिकता जाँच्नुस् । फ्रड कम्पनीहरूले फर्जी वेबसाइट बनाएर सोझासाझाको शिकार गर्छन् । 

विज्ञापन
कुनै वेबसाइटमा अत्यधिक बढी विज्ञापन देखिएमा फर्जी हो भनी थाहा पाउनुस् । राम्रा वेबसाइटहरूले कन्टेन्टलाई जोड दिन्छन्, एडलाई हैन । एडले वस्तु बेच्ने हो तर एडको बर्खा नै भयो भने मानिस फसाउने षड्यन्त्र हो । 

सतर्क रहनुस्
सेफ्टी फीचरहरूलाई नघटाउनुस् । अन्लाइन सामान किन्दा वा बैंकिङ गर्दा सावधानी अपनाउनुस् र ट्रान्ज्याक्सनमा लापरवाही नगर्नुस् । 

एजेन्सी

मंसिर ११, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस