उपभाेक्ता

फेरि सञ्चालनमा आयो विराटनगर जुट मिल

विराटनगर रानीस्थित विराटनगर जुट मिल्स सञ्चालनमा ल्याइएको छ ।

२०७२ साल भदौ यता बन्द रहेको जुट मिल नयाँ ब्यवस्थापनमा आईतबार देखि सञ्चालनमा ल्याइएको हो ।

सुरुका दिनमा दैनिक ५ टन जुटका सामाग्री उत्पादन गर्नेगरि मिल्स सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक निलहरि काफ्लेले जानकारी दिनुभयो ।

 पुस १ गतेबाट क्षमता वृद्धि गरि दैनिक २० टनसम्म उत्पादन गर्ने लक्ष्य मिल्य व्यवस्थापनले लिएको छ ।

मंसिर ११, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस