जीवनशैली : स्वास्थ्य

कानको फोहोरले बताइदिन्छ तपाईंको रोग

काठमाडौं, ११ मंसिर — कानमा जम्ने फोहोरलाई व्याक्स वा सेरुमेन भनिन्छ । यो फ्याट्टी एसिड, स्क्वालिन र अल्कोहलबाट बनेको हुन्छ । यी रसायनहरूका कारण कानमा भएको व्याक्सले कानलाई ब्याक्टेरिया र फंगस आदिको संक्रमणबाट बचाउँछ । कानमा भएको व्याक्सका अनेकौं रंग हुन्छन् जसले तपाईंलाई स्वास्थ्यसम्बन्धी जानकारी दिन्छन् । 

खैरो
धूलोमैलोमा भएको प्रदूषणका कारण कानको व्याक्स खैरो हुन्छ । डराउनुपर्दैन । 

रगतको दाग
कान सफा गर्दा रगत आएमा कानको जालीमा प्वाल छ । यसले तपाईंलाई ओटाईटिस हुन सक्छ । 

गाढा रंग
कानबाट गाढा रंगको व्याक्स निस्केको छ भने तपाईं शारीरिक तनावमा भएको लक्षण हो । तपाईंले शान्त वातावरणमा समय बिताउनुपर्छ । 

कालो रंग
कालो रंगले तपाईंलाई फंगसको संक्रमण भएको अर्थ दिन्छ । तपाईंले तत्कालै चिकित्सकको सल्लाह लिनुपर्छ । 

सेतो रंग
यसको अर्थ तपाईंको शरीरमा भिटामिन र मिनरल विशेषगरी कपरको कमी छ । तपाईंले आहारमा दाना र ओट्स समावेश गर्नुभए राम्रो हुन्छ । 

दुर्गन्ध भएको व्याक्स
व्याक्सबाट दुर्गन्ध आएमा कानको मध्यभागमा संक्रमण भएको अर्थ लाग्छ । यसका लागि तपाईंले चिकित्सकको सल्लाह लिनुपर्छ । 

तरल व्याक्स
कानबाट तरल किसिमको व्याक्स आइरहेको छ भने कानमा इन्फ्लाम्मेसनको सम्भावना हुन्छ । चिकित्सकको परामर्श लिनुस् । 

सुक्खा व्याक्स
सुक्खा व्याक्सले तपाईंले शरीरमा फ्याटको कमी भएको देखाउँछ । छालासम्बन्धी रोग यसको कारण हुनसक्छ ।

एजेन्सी
 

मंसिर ११, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस