उपभाेक्ता

यसरी बनाउनुस् लौकाको स्वादिष्ट कबाब

काठमाडौं, ११ मंसिर — आज हामी तपाईंलाई लौका कबाब बनाउने रेसिपी बताउँदैछौं । 

सामग्री
लौका ४५० ग्राम (कोरेको)
आलु २०० ग्राम (कोरेको)
तेल एक ठूलो चम्चा
जीरा एक सानो चम्चा
दालचिनी स्टिक दुई इन्च
स्टार एनिस एक
सुक्खा धनियाँ आधी चम्चा
ल्वाङ पाँचवटा
सूप एक सानो चम्चा
सुकेको रातो खुर्सानी पाँचवटा
हरियो अलैंची चारवटा
काजु ६ वटा
टुक्रेको मटर दुईवटा ठूलो चम्चा
धनियाँ तीन ठूलो चम्चा
हरियो खुर्सानी चारवटा
अदुवा दुई चम्चा
करी पत्ता १० वटा
बेसार आधी चम्चा
आँपको धूलो आधी चम्चा
नून एक सानो चम्चा
पनीर ८० ग्राम (कोरिएको)
पाउरोटीका टुक्रा
तेल

विधि
एउटा भाँडोमा कपडा ओछ्याएर त्यसमा कोरिएको लौका र कोरिएको आलु हालेर मज्जाले निचोर्नुस् । 

त्यसलाई स्टीमरमा हालेर १५ मिनेटसम्म स्टीम गरेर एकातिर राख्नुस् । 

एउटा प्यानमा तेल तताएर जीरा, दालचिनी स्टिक, स्टार एनिस, सुक्खा धनियाँ, ल्वाङ, रातो खुर्सानी, अलैंची, काजु, मटर हालेर पाँच मिनेटसम्म भुट्नुस् । 

यसलाई एउटा भाँडोमा राखेर धनियाँ, हरियो खुर्सानी, अदुवा, करी पत्ता, बेसार, आँपको धूलो र नून हालेर मिसाउनुस् अनि ब्लेन्डरमा हालेर मज्जाले ब्लेन्ड गर्नुस् । 

एउटा भाँडोमा स्टिम गरिएको लौका, आलु अनि कोरिएको पनीर र ब्लेन्ड गरिएको मसला हाल्नुस् । 

यसलाई मज्जाले मिक्स गर्नुस् ।

यो मिश्रणलाई हातमा लिएर प्याट्टीको आकारमा गोलो बनाउनुस् । 

ब्रेडका टुक्राहरूमा चोपेर रोल गर्नुस् । 

बेकिङ ट्रेमा राखेर ब्रशको सहायताले हल्का तेल लगाउनुस् । 

ओभनलाई  १६० डिग्री सेल्सियसमा पु–याएर १२ मिनेटसम्म यसलाई बेक गर्नुस् । 

ओभनबाट निकालेर यसलाई पल्टिनुस् । 

त्यसपछि यिनीहरू फेरि अघिकै जस्तो बेक गर्नुस् । 

लौकाको कबाब तयार भयो । ससका साथ पस्किनुस् ।

एजेन्सी
 

मंसिर ११, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस