जीवनशैली : स्वास्थ्य

ओठको रंग अन्य अंगको रंगभन्दा फरक किन हुन्छ ?

काठमाडौं, ११ मंसिर — मानव शरीरको संरचनाले हामीलाई आश्चर्यमा पारिदिन्छ । हरेक अंगको संरचना र कार्यप्रणाली व्यवस्थित तथा एकअर्काबाट फरक छ तैपनि सबै अंग मिलेर शरीरलाई राम्रो तरिकाले सञ्चालन गर्छन् ।

हाम्रा शरीरका सबै अंगका आफ्नै विशेषता छन् ।

यस्तै एक विशेष अंग ओठ हो । यसले शरीरको सुन्दरता बढाउँछ अनि अनौठो रंग पनि यसको विशेषता हो । हामी काले, गोरे, खैरे जस्तो वर्णको भएपनि हाम्रो ओठको रंग छालाको रंगभन्दा पूरै फरक हुन्छ । 

छालामा अनेकौं पत्र हुन्छन् । सबभन्दा बाहिरी पत्रलाई एपिडर्मिस भनिन्छ भने सबभन्दा भित्रीलाई डर्मिस । एपिडर्मिसमा अर्को एक पत्र पनि हुन्छ जसले छालालाई सुरक्षा दिन्छ । त्यसलाई स्ट्रेटम कोर्नियम भनिन्छ । 

छालामा भएको यो पत्रको मोटाइ धेरै हुन्छ तर ओठमा यो पत्र एकदमै पातलो हुन्छ । स्ट्रेटम कोर्नियम ओठमा पातलो पत्रका रूपमा रहने कारणले नै ओठको रंग शरीरका बाँकी अंगभन्दा फरक रंगको हुन्छ । 

ओठको स्याहार गरेर त्यसको प्राकृतिक गुलाबी रंग कायम गर्नु तपाईंको कर्तव्य हो । 

एजेन्सी
 

मंसिर ११, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस