उपभाेक्ता

स्मार्टफोन भिभोको  उत्पादन भि सेभेन बजारमा

काठमाडौं, १२ मंसिर स्मार्टफोन भिभोले आफ्नो उत्पादन भि सेभेन नेपाली सोमबारदेखि बजारमा ल्याएको छ । अन्य कम्पनीका अनुसार फोटोग्राफी विशेषता, स्क्रिन क्वालिटी र समग्र डिजाईन भएको साथै २४ मेगापिक्सल फ्रन्ट फेसिङ्गक्यामरा र फुलभ्यू डिस्प्ले भएको भि सेभेन आधुनिक प्रविधिबाट रहेको छ ।  आजको युवाहरुको आवश्यकतालाई बुझेर निरन्तर प्रयाश स्वरुपभिभोले स्टाइलिस र डाईनामिकउत्पादनहरु जसले आफ्नो व्यक्तित्व प्रदर्शन गर्न र अविस्मरणीय क्षणहरु संकलन गर्न उपभोक्ता भि सेभेन बजारमा आएको कम्पनीले जनाएको छ । 


भि सेभेनका साथमाक्लिएर फोटो र पर्फेक्ट सेल्फी
आफ्नो २४ मेगापिक्सल फ्रन्ट फेसिङ्ग क्यामराको साथमा भि सेभेनले सेल्फिमा अग्रता लिएको छ । यसले क्रिस्टल क्लिएर सेल्फि दिन्छ । भि सेभेनले उपभोक्ताहरुलाई जहाँ पनि जहिले पनि आफ्नो अमूल्य क्षणहरु जस्ताको तस्तै व्यक्त गर्न सहयोग गर्दछ । भि सेभेनमा रहेको फेस ब्यूटि ७ दशमलव ० फिचरले डिएसएलआर क्यामराले जस्तै कम उज्यालो भएको वातावरणमा पनि सेल्फिलाई चहकिलो बनाउनुको साथै रंगहरुमा एकरुपता ल्याउँछ । 


थप विशेषताहरु  
भि सेभेनमा ६४ विट क्वालकम अक्टाकोर सिपियु र ४ जिवि ¥याम छ ।
यसमा रहेको प्रयोगकर्ता मैत्रि फन टच ३.२ ओ.एस विशेषताहरु जस्तै स्मार्ट स्प्लिट ३.० ले भि सेभेनलाई उपभोक्ताहरुको उत्तम साथी बनाएको छ । फिन्गर प्रिन्ट सेन्सरबाहेक भि सेभेनमा रहेको भिभोको फेस एक्सीस प्रविधिले फोन अनलकगर्न सजिलो र सुविधाजनक बनाएको छ । यसले तुरुन्तै १०० भन्दा बढी भिन्नअनुहारहरुको पहिचान विन्दु पत्ता लगाउँछ जसले तपाईलाई महत्वपूर्ण क्षणहरु जहाँ पनि जहिले पनि खिच्न अनुमति दिन्छ । 

मंसिर ११, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस