सिनेमा

चीन बन्न चाहन्छ संसारको सबभन्दा ठूलो फिल्म बजार

काठमाडौं, १२ मंसिर — चीनले संसारभरिका फिल्म निर्माताहरूका लागि आकर्षक बजार बन्नुका साथै सन् २०२० सम्म संसारकै सबभन्दा ठूलो बजार बन्ने लक्ष्य निर्धारण गरेको छ । 

सन् २०२० सम्म चीनले ६० हजारभन्दा बढी सिनेमास्क्रीन बनाउने लक्ष्य लिएको हो । यस वर्ष विदेशी फिल्महरूले चीनमा राम्रो कमाइ गरेका थिए । 

चीनको स्टेट एडमिनिस्ट्रेसन अफ प्रेस, पब्लिकेसन, रेडियो, फिल्म एन्ड टेलिभिजनका उपनिर्देशक झाङ हाङसनले सन् २०२० सम्म चीनमा वार्षिक ८०० फिल्म बन्न सक्ने र वार्षिक बक्स अफिस कमाइ करीब ७० अर्ब युआन पुग्ने
सम्भावना रहेको बताएका छन् । झाङे चीन नै संसारको नयाँ फिल्म निर्माण केन्द्र बन्न सम्भव रहेको बताए । 

अघिल्लो वर्ष चीनको बक्स अफिसमा पचास अर्ब युआनको कमाइ भएको थियो । यति धेरै कमाइ कहिल्यै भएको थिएन । घरेलु फिल्महरूले ५२.४ प्रतिशत कमाइ गरेका थिए । 

एजेन्सी
 

मंसिर १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस