सिनेमा

ऋचा भर्सेस छक्का पञ्जाः किन खेदो खन्यो छक्का पञ्जा टीमले ऋचाको

काठमाडौं, १२ मंसिर – चुनावी माहोलले देश तातिरहेका बेला सिनेमा बजार केही सुनसान जस्तै भइरहेको थियो । अहिले भने चलचित्रको बजार पुनः तातेको छ । चलचित्र ‘छक्का पञ्जा’ रिलिज भएपछि त्यसको सिक्वेल बन्यो र कमायो पनि । तर, यसको चर्चा भने अझैपनि सेलाएको छैन । दर्शकले भुलिसकेको ‘छक्का पञ्जा’ यतिबेला फेरि एकपटक सतहमा आएको छ ।

काठमाडौंमा आयोजित एकादेशमा फिल्म फेस्टिभलमा नायिका तथा निर्मात्री ऋचा शर्माले छक्का पञ्जा हेर्दा दर्शक हाँसिरहँदा आफू ‘मूर्ख’ महसुस गरेको बताइन् । त्यही अभिव्यक्तिका आधारमा चलचित्र छक्का पञ्जाको टोलीले सामाजिक सञ्जाल फेसबूकमा लेख्यो – ‘एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलाई मूर्ख भन्नुभएछ, प्रिय नायिका ज्यू, दर्शकलाई मूर्ख भन्नुभएकाले नै तपाईंका फिल्मले कहिल्यै दर्शक पाएनन् । गेट वेल सून ।’​निर्माता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, वर्षा राउत, स्वस्तिमा खड्काले लगायतले लेखेको यही स्टाटसले सबै फिल्मकर्मीको ध्यान तान्यो । केहीलाई चित्त पनि बुझ्यो भने केही विरोधमा उत्रे । उक्त अभिव्यक्तिले दर्शकलाई पनि प्रभाव पा–यो । चौतर्फी समाचार प्रकाशन र दर्शकको चासोपछि ऋचा शर्माले आफूले दर्शकलाई ‘मूर्ख’ नभनेको बताइन् ।
तर, निर्माता दीपकराज गिरीले फेरि व्यङ्ग्य गर्दै फेसबूकमा यस्तो लेखेका छन्ः

तर, ऋचा शर्माले भने यसबारेमा केही प्रतिक्रिया दिएकी छैनिन् ।

के भनेकी थिइन् ऋचाले?

किन ‘छक्का पञ्जा’ टिम ठाडै ‘गेट वेल सून’ भन्दै विरोधमा उत्रियो?
छक्का पञ्जा रिलिज भएदेखि नै यो फिल्मले विरोध खेप्दै आएको छ । यसको दोस्रो सिक्वेल निर्माण क्रममा पनि गीत चोरीको कारणले गर्दा विवादमा आएको थियो । दीपकराज गिरीले ती हरेक विवादमा उसैगरी प्रतिक्रिया दिँदै आएका थिए । सधैजसो स्पष्टीकरण दिइरहने दीपकराज गिरीको समूहले नकारात्मक प्रतिक्रिया पचाउन नसक्नुले नै विरोधमा उत्रिएको कतिपयको टिप्पणी छ । अहिले भने यो विवाद सेलाउँदै गएको छ ।ऋचाले ‌लेखेको फेसबूक स्टाटसः

 

मंसिर १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस