सिनेमा

मिस वर्ल्ड मानुषी छिल्लरको यस्तो चाहना

मुम्बई – मिस वल्र्ड मानुषी छिल्लरले मिस वर्ल्डको ताज पहिरिएपछि एकाएक चर्चित बनिन् । उनै छिल्लरले अहिले भारतीय अभिनेता आमिर खानको फिल्ममा काम गर्न चाहेको बताएकी छिन् । सामाजिक–प्रासंगिक फिल्म बनाउने अभिनेता मानिने आमिरको सामाजिक कार्यकै कारण  मानुषीले आमिरसँग काम गर्न रुचि भएको बताएकी हुन् ।

भारतको हरियाणाकी मेडिकल छात्रा मानुषीले भनेकी छिन्, ‘आमिर खानको फिल्मको काम गर्न चाहन्छु, केरो सोच छ कि, उहाँसँग कुनै चुनौतीपूर्ण भूमिका भए म निभाउँछु ।’

उनले आफूले आमिर खानको फिल्ममा कुनै सन्देशलाई समाजसँग जोडिने कारण आफूलाई आमिरको फिल्ममा काम गर्न रुचि भएको बताइन् । साथै उनले आफूलाई मन पर्ने अभिनेत्री प्रियंका चोपडा रहेको पनि खुलाइन् ।

बीस वर्षीय मानुषी यस वर्ष फेमिना मिस इन्डिया वल्र्ड पनि बनेकी थिइन् । जब उनलाई बलिउडको योजनाका बारेमा सोधिएको थियो, त्यतिबेला उनले बलिउडमा तत्कालका लागि रुचि नभएको पनि बताएकी थिइन् । उनले भनेकी छिन्, ‘म यात्रा गर्नेछु, महाद्वीपको यात्रा गर्नेछु, हामीले धर्म स्वच्छताका बारेमा जागरुकता फैलाउनेछौं ।’

मंसिर १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस