अर्थ विविध

रुस्लान भोड्का अब नयाँ प्याकेजिङ्गमा

काठमाडौं, १२ मंसिर— जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको व्यवस्थापनमा विजय डिष्टीलरीद्वारा उत्पादित तथा वितरीत रुस्लान भोड्का अब नयाँ प्याकेजिङ्गमा बजारमा आएको छ । 
ग्राहकहरुमाझ अधिक रुचाइएको नेपालकै नं. १ रुस्लान भोड्का, ग्राहाककै चाहना अनुरुप नयाँ प्याकेजिङ्गमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । 
हाल बजारमा रहेको बोतलको क्याप खोल्न केहि अप्ठेरो र मदिराको मात्रा पहिचान गर्न असजिलो भएको गुनासोहरुलाई मध्यनजर गर्दै कम्पनीले अत्याधुनिक प्याकेजिङ्ग भएको बोतल बजारमा ल्याएको जनाएको छ । 
 अहिले बजारमा ल्याइएको नयाँ प्याकेजिङ्ग सहितको बोतलको क्याप खोल्न सजिलो हुनुका साथै सजिलै मदिराको मात्रा पहिचान गर्न सकिने कम्पनीको भनाई छ । नयाँ प्याकेजिङ्ग पहिलेको तुलनामा निकै आकर्षक रहेको कम्पनीले जनाएको छ ।  
प्याकेजिङ्ग नयाँ भए पनि स्वाद र गुणस्तर मा कुनै पनि सम्झौता नगरिएको जानकारी कम्पनीले जनाएको छ ।
 

मंसिर १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस