उपभाेक्ता

स्मार्टफोनको ब्याट्री र डाटा बचाउने यो एपका बारेमा थाहा पाइराख्नुस्

काठमाडौं, १३ मंसिर — यहाँ हामी स्मार्टफोनको तीन आधारभूत सेटिङका बारेमा बताउँदैछौं । स्मार्टफोन युजरले यो थाहा पाउनैपर्छ । यसले सेटिङबाट डाटा बचत गर्नुका साथै फोनको ब्याट्रीलाई पनि छिट्टै लो हुनबाट बचाउँछ । 

फोनमा यी सेटिङहरू अन गर्नुभएको छैन भने तुरुन्तै गर्नुस् । जानीनजानी डाटा र ब्याट्री खर्च भइरहेको हुन्छ । 

फेसबूक एप मोबाइलको ब्याकग्राउन्डमा प्रोसेसिङ गरिरहेको हुन्छ । यसले फोनको ब्याट्री पनि खाइरहेको हुन्छ । ब्याट्री र डाटा बचाउन फेसबूक प्रोफाइल ओपन गर्नुस् । त्यहाँ देखिने तीन धर्कामा ट्याप गर्नुस् । डाटा सेभर अप्सनलाई अन गर्नुस् ।

सेटिङमा गएर डेभलोपर अप्सनलाई अफ गर्नुस् । यसलाई धेरैजसो युजरले प्रयोग गर्दैनन् । यो अन हुँदा फोनको इन्टर्नल प्रोसेस चलिरहन्छ र ब्याट्री लो रहन्छ ।

फोनको सेटिङमा गएर वाईफाई अप्सन ट्याप गर्नुस् । वाईफाईको सेटिङमा गएर कीप वाईफाई अन ड्युरिङ स्लीप अप्सनलाई नेभर गरिदिनुस् । यसले पनि डाटा र ब्याट्रीको बचत गरिदिन्छ ।

एजेन्सी 
 

मंसिर १३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस