सिनेमा

सार्वजनिक गरियो ऋचाको फिल्म ‘फिर्के’ को ट्रेलर

काठमाडौं, १३ मंसिर – चलचित्र ‘फिर्के’ को ट्रेलर सार्वजनिक भएको छ । रवि डंगोलले निर्देशन गरेको चलचित्र पुस १४ गते रिलिज हुँदैछ ।

ओमलाल गुरुङ र राजेश श्रेष्ठले निर्माण गरेको चलचित्रलाई अभिमन्यु निरवीले लेखेका हुन् । फिल्ममा मित्र गुरुङको सम्पादन रहेको छ ।

चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, श्रष्टि पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।


 

मंसिर १३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस