संगीत

सागर आलेको पहिलो गीत नम्बर एक ट्रेन्डिङमा (भिडियो)

काठमाडौं, १५ मंसिर – नेपाल आइडलको उत्कृष्ट चारबाट बाहिरिएका सागर आलेले सार्वजनिक गरेको गीत ‘पल्ला घरकी कान्छी नानी’ बोलको गीत युट्युबको पहिलो नम्बर ट्रेन्डिङमा परेको छ ।

नेपाल आइडलबाट बाहिरिएपछि उनले सार्वजनिक रुपमा आफ्नो पहिलो गीत निकालेका हुन् । गीत रिलिजसँगै उनको गीत दर्शकले रुचाएका थिए ।

आफ्नो पहिलो गीत रिलिजसँगै दर्शकले रुचाएपछि सागरले खुशी व्यक्त गरेका छन् ।


 

मंसिर १५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस