अर्थ विविध

चेम्बर एक्स्पोमा जापानी राजदूत

काठमाडौं, १५ मंसिर — भृकुटीमण्डपमा बिहीवारदेखि शुरु भएको नेपाल चेम्बर एक्स्पो २०७४ को दोस्रो दिन शुक्रवार नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले एक्स्पोको अवलोकन भ्रमण गरेका छन् । 

राजदूतको टोलीलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, एक्स्पो संयोजक राष्ट्रभूषण चाकुबजीले अवलोकन भ्रमण गराएका थिए । राजदूत मासाशीले रुचिपूर्वक अवलोकन भ्रमण गरे । 

उनले मेलामा रहेको विभिन्न स्टलहरूको अभिरुचिपूर्वक अवलोकन गरेका थिए । 

चेम्बरले गरेको यो तेस्रो एक्स्पो हो । चेम्बरले प्रत्येक वर्ष यस्ता अन्तर्राष्टिय एक्स्पो गर्दै आएको छ । यसपटकको एक्स्पोमा दक्षिण कोरियाले पार्टनर मुलुकको हैसियतमा सहभागिता जनाएको छ भने थाइल्यान्ड फोकस मुलुकको रूपमा सहभागी रहेको छ । 

एक्सपोमा नेपालसहित कोरिया, थाइल्यान्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठवटा मुलुकहरूको सहभागिता रहेको छ । मेलामा कुल दुई सय २५ वटा स्टलहरू रहेका छन् । एक्स्पो सोमवारसम्म चल्नेछ । 

मंसिर १५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस