खेलकुद

विश्वकप २०१८ को ड्र सार्वजनिक, कुन देश कुन समूहमा ?

काठमाडौं, १५ मंसिर— सन् २०१८ मा हुने विश्वकप फुटबलको फाइनल ड्र शुक्रबार सार्वजनिक गरिएको छ । 

सार्वजनिक ड्र अनुसार समूह बी बाट पोर्चुगल र स्पेन एकै समूहमा परेका छन् ।  यस्तै सोहि समूहमा मोरोक्को र  इरान पनि परेका छन् । 

यसैगरी समूह ए मा  आयोजक रसिया, साउदी अरेबिया, इजिप्ट र उरुग्वे  परेका छन्  भने समूह सीमा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क परेका छन् । 

यसैगरी समूह डी मा  अजेन्टिनामा , आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया परेका छन्  भने समूह  ई मा ब्राजिल, स्वीटजरल्याण्ड, कोष्टारिका  र सर्बिया परेका छन् । 

समूह एफ मा जर्मनी, मेक्सिको, स्वीडेन र साउथ कोरिया पर्दा समूह जी मा बेल्जियम, पानामा, ट्युनिसिया र इंग्ल्याण्ड परेका छन् । 

यस्तै समूह एचमा भने  पोल्याण्ड, सेनेगल, कोलम्बिा र जापान परेका छन् । 

प्रतियोगिता आगामी २०१ ८को जुन १४ देखि जुलाई १५ सम्म रसियाका १२ स्टेडियममा आयोजना हुने समाचारहरुमा जनाइएको छ ।

कुन देश कुन समूहमा ? तालिका हेर्नुहोस् 

मंसिर १५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस