सिनेमा

दीपिकालाई सहयोग गर्न मानिनन् कंगनाले

काठमाडौं, १७ मंसिर — कंगना रनावत आफ्ना कडा बयानका लागि चर्चित छिन् । हालै उनले हृत्तिक रोशनमाथि अनेकौं आरोप लगाएर चर्चा बटुलेकी थिइन् ।

अहिले दीपिका पादुकोणका विषयमा कंगना फेरि चर्चित भएकी छन् । 

दीपिकालाई पद्मावतीका विषयमा अनेकथरी धम्कीहरू आएका थिए । बलिउडका कलाकारहरूले उनको समर्थनमा अनेक कदम चालिरहेको भएपनि कंगनाले दीपिकाको समर्थन गर्न मानिनन् । 

शबाना आजमीले ‘दीपिका बचाओ’ अभियान शुरु गरेकी थिइन् । उनले लगभग सबै अभिनेत्रीलाई दीपिकाको सुरक्षा गराउनुपर्ने पेटिसनमा हस्ताक्षर गर्न लगाइन् । हेमा मालिनी, जया बच्चन, आलिया भट्ट, विद्या बालन, अनुष्का शर्मा,
प्रियंका चोपडा, सोनाक्षी सिन्हा लगायतका अभिनेत्रीहरूले हस्ताक्षर गरे । 

यो पेटिसन प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइने भएको छ । रिपोर्टहरूका अनुसार, कंगनाले चाहिँ पेटिसन साइन गर्न मानिनन् । 

उनको यो निर्णयले शबानालाई छक्क पा–यो । 

आफू हृत्तिक रोशन र आदित्य पञ्चोलीसँग लड्दा बलिउडले साथ नदिएको वा नकारात्मक कुरा बोलेको भन्दै कंगनाले साइन गर्न अस्वीकार गरेकी हुन् । 

एजेन्सी
 

मंसिर १७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस