सिनेमा

हलिउड फिल्म एभेन्जरको ट्रेलर युट्युबमा नम्बर एकमा

काठमाडौं, १७ मंसिर – हलिउड सुपरपावरको चलचित्र ‘एभेन्जर – द इन्फिनिटी वार’ को ट्रेलर रिलिज भएदेखि नै युट्युबमा नेपालको ट्रेन्डिङमा पर्दै आइरहेको छ । अहिले भने उक्त फिल्मको ट्रेलर युट्युबको नम्बर एक ट्रेन्डिङमा परेको छ ।

हलिउडमा कमिक चरित्रमा बन्ने चलचित्र एभेन्जरको अर्को भाग हो । स्पाइडर म्यान, थोर, आइरनम्यान जस्ता फिल्म बनाएको मार्भल कम्पनीले चलचित्रमा अन्य फिल्मका महाशक्ति भएका पात्रलाई अटाइएको छ । फिल्म काल्पनिक र एक्सनमा आधारित छ । 
 

मंसिर १७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस