सिनेमा

जापानी गीतमा नेपाली कलाकार (भिडियो)

काठमाडौं, १७ मंसिर – जापानी निर्देशक तोसिआकी इतोहले निर्देशन गरेको चलचित्र ‘माई लभ’ को जापानीज गीत सार्वजनिक गरिएको छ । नेपाली कलाकार गणेश लामा, शितल श्रेष्ठ, रिवन मित्सुतानी लगायतका कलाकारले गीतको भिडियोमा अभिनय गरेका छन् ।

गीतमा ताकाफुमी होसाईको संगीत र रेई सातो, शिनोबु ओशिमा, मिसाओ युईदा युका तुका टोकुईको स्वर छ । गीतका शब्द निर्देशक आफैले लेखेका हुन् ।
 

मंसिर १७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस