जीवनशैली : संस्कार

हीरा लगाउन मन छ भने यो कुरामा ध्यान दिनुस्, नत्र हुनेछ नोक्सानी

काठमाडौं, १८ मंसिर — हीराको चमकले सबैलाई आकर्षित गर्छ । यो केवल गहनाका रूपमा शोभा बढाउने मात्र नभई यसले हाम्रो जीवन पनि परिवर्तन गर्न सक्छ । 

ज्योतिषअनुसार, हीरा शुक्र ग्रहसँग सम्बन्धित रत्न हो । हीराको शुभ फलले व्यक्तिलाई सुखसमृद्धि र धनलाभ हुन्छ । यसको अशुभ असरले चाहिँ जीवनमा तनाव बढाउँछ । 

हीरा सबैका लागि शुभ हुँदैन । हीरा शुभ नहुने व्यक्तिले लगाउँदा विवाहित जीवन असफल हुन्छ । 

हीरा जति सेतो हुन्छ, त्यसले त्यति नै शुभ फल दिन्छ । दाग लागेको वा फुटेको हीरा अशुभ हुन्छ ।

हीरासँग मूगा वा गोमेद लगाउनुअघि कुनै ज्योतिषीसँग परामर्श गर्नुपर्छ ।

हीरालाई बूढी औंलामा लगाउँदा शुक्रबाट शुभ फल प्राप्त हुन्छ । अनामिका वा साहिँली औंलामा हीरा लगाउँदा सम्बन्ध बलियो हुन पुग्छ ।

एजेन्सी
 

मंसिर १८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस