सिनेमा

कट्रिना कैफसँगको मित्रताका बारेमा के भने सलमान खानले ?

काठमाडौं, १८ मंसिर — सलमान खान र कट्रिना कैफको नयाँ फिल्म ‘टाइगर जिन्दा है’ रिलिज हुने संघारमा छ । पाँच वर्षपछि सँगै देखिन लागेको यो जोडी र यिनको फिल्मप्रति दर्शकमा उत्सुकता छ । 

हालै सलमानले कट्रिनासँग रोमान्स गर्न आफूलाई राम्रो लाग्ने बताए । 

फिल्म प्रमोसनका क्रममा एउटा समारोहमा पुगेका सलमानले भने, ‘कट्रिनासँग रोमान्स सधैं राम्रै हुन्छ किनकि हामीहरूबीच लडाईं हुँदैन ।’

फिल्मका दुई गीत ‘स्व्याग से स्वागत’ र ‘दिल दियाँ गल्ला’ दर्शक श्रोताले खुबै मन पराइरहेका छन् ।

यो फिल्मका सम्बन्धमा फ्यानहरूको रुचिलाई हेर्दा बक्स अफिसमा धमाका गर्ने लक्षण देखिँदैछ । फिल्म २२ डिसेम्बरमा रिलिज हुँदैछ । 

एजेन्सी
 

मंसिर १८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस